जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

काठमाडाैं | असार १६, २०८१

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

काठमाडौं:     उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ। 


आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी)को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुक अप्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो। 


उहाँले मुलुक अप्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको जिकिर गर्नुभयो। उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनुभयो। उहाँले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘मुलुक त सधैँ खतरामा हुने रहेछ। परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ। सधैँ अप्ठ्यारो पर्ने रहेछ। त्यो अप्ठ्यारो के नेपाली जनताले पारेका हुन्। किसान, मजदुरले, काम गरेर खाने मान्छेले कसले अप्ठ्यारोमा पार्‍यो ? म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। 


जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ। त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ। नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन। अलग अलग भयो। लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो। चिन्ता गर्नुपर्दैन।

 

लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरूले चिन्ता गर्नुपर्दैन। नेताहरूले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौतामा हस्ताक्षर गरेको सुनेका छौँ। के आजसम्म नेतृत्वले ठुला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ।’

 

उहाँले नेताले देश बनाउने कुरामा चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्